Shikhar Insurance

सर्वाेत्तमको बुक बिल्डिङः प्रति कित्ता ६७५ रुपैयाँ मूल्य, तीन महिनाभित्र ३५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट पहिलो सार्वजनिक निष्काशन गर्ने सर्वाेत्तम सिमेन्टले सर्वसाधारणका लागि प्रति कित्ता ६७५ रुपैयाँ प्रस्ताव गरेको छ । नेपाल धितोपत्र बोर्डका प्रतिनिधीको उपस्थितिमा कम्पनीले बिक्रि प्रबन्धकहरुसँग सम्झौता गर्दै बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको हो

सर्वाेत्तमको आईपीओ निष्काशनको जिम्मा ग्लोबल आईएमई क्यापिटल र सहायक कम्पनीहरुमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटलले लिएका छन् । कम्पनीलाई इक्रा नेपालले बीबीबी प्लस रेटिङ दिएको छ, जसले कम्पनीको अवस्था औषत भन्दा राम्रो रहेछ जनाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कति निष्काशनः कसलाई कति ?
सर्बोत्तम सिमेन्टले नेपालको सार्वजनिक निष्काशन इतिहासमा पहिलो पटक बुक बिल्डिङ बिधिबाट ६० लाख कित्ता सेयर निष्काशन गर्दैछ ।
कुल निष्काशनमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता छुट्याइएको छ । कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणका लागि भने २८ लाख कित्ता छुट्याइएको छ ।

कम्पनीले संस्थागत तर्फका लगानीकर्तालाई प्रतिसेयर मूल्य ७५० रुपैयाँ प्रूताव गरेको छ । त्यस्तै सर्वसाधारणलाई भने १० प्रतिशत सहुलियतमा अर्थात ६७५ रुपैयाँमा एक कित्ता सेयर बेच्ने योजना कम्पनीको छ ।

तीन महिनाभित्रै ३५ प्रतिशत लाभांश
कम्पनीले आईपीओ निष्काशन गरेको तीन महिनाभित्रै ३५ प्रतिशत लाभांश दिने बताईसकेको छ । कम्पनीले आफ्नो रिजर्भबाट० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने बताएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ ।

कस्तो छ कम्पनी ?
सर्वोत्तम सिमेन्टको विगत तीन वर्षदेखिको प्रति सेयर आम्दानी ५२ रुपैयाँ छ भने आगामी तीन वर्षसम्म त्यस्तो आम्दानी ४५ रुपैयाँ माथि हुने प्रक्षेपण गरिएको छ सर्वोत्तमले बार्षिक औषत एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएको छ ।
सर्बोत्तम सिमेन्ट बिष्णु प्रसाद न्यौपानेको नेत्रित्वमा रहेको व्यावसायिक घराना सौरभ ग्रुपले संचालन गरेको उद्योग हो । यो उद्योग बिष्णु प्रसाद न्यौपाने सहित ७ जना स्वदेशी तथा विदेशी लगानीकर्ताले स्थापना गरेका हुन् ।
बि.स. २०७१ सालबाट क्लिनकर उत्पादन सुरु गरेको उद्योगले २०७३ सालमा सिमेन्टको उत्पादन थालेको हो ।
बि.स. २०७६ साल श्रावण महिनाबाट कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।
कम्पनीको उत्पादन क्षमता प्रति दिन ३ हजार टन क्लिनकर तथा २८ हजार बोरा सिमेन्ट रहेको छ । २०७७ माघबाट भने क्षमता वृद्धि भई ६० हजार बोरा प्रति दिन पुगेको छ ।
कम्पनीले ५ सय  भन्दा बढी कामदारलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ भने देशभर ६ सय भन्दा बढी व्यावसायिक डिलर संजाल रहेको छ ।
कम्पनीले आगामी ३ बर्ष सम्मको आयकरमा ५० प्रतिशत छुट पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्