Shikhar Insurance

टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको डिजिटल वालेटले लाइसेन्स पायो, सर्वसाधारणलाई आईपीओ पनि

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार २०:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमको अगुवाईमा स्थापना भएको नेपाल डिजिटल कम्पनीले लाईसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले टेलिकमको अगुवाईमा स्थापना भएको डिजिटल वालेट कम्पनीलाई चैत ४ गते लाईसेन्स दिएको जानकारी दिए ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीका नाममा स्थापना भएको कम्पनीले नमस्ते पेका नामबाट सेवा दिनेछ । यसले नेपाल टेलिकमको मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने सुबिधा दिनेछ । टेलिकमले अन्य भुक्तानी सेवा प्रदायकभन्दा फरक यूएसएसडी अर्थात मोबाइलमा निश्चित अंक डायल गरी बिना इन्टरनेट भुक्तानी सेवा सञ्चालन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मोबाइल एप्स, क्यूआर कोडलगायतका अन्य सेवा पनि यसमा रहनेछन् । नमस्ते पे सञ्चालनमा आएपछि स्मार्टफोन प्रयोग नगर्ने उपभोक्ताले पनि डिजिटल कारोबार गर्न सक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सिंहदरबारलाई बताए ।

कम्पनीले एक अर्ब अधिकृत पुँजी र ४० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । जसमा नेपाल टेलिकमको २५ करोड रुपैयाँ र र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ लगानी रहेको छ । कालान्तरमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनासहित कम्पनीको रोडम्याप तयार पारेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ‘हामीले कालान्तरमा आईपीओ जारी गर्ने सोँचसहित कम्पनीको संरचना तयार पारेका छौं’, प्रबन्ध निर्देशक अधिकारीले भने । कम्पनीले आगामी एक महिनाभित्रै सेवा आरम्भ गरिसक्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्