Shikhar Insurance

‘व्यापारबाट पैसा चाँडै कमाइन्छ, सजिलै कमाएको पैसाको मूल्य हुन्न, त्यसैले उद्योगी भएँ’

पवन गोल्यान
२०७७ चैत्र ७, शनिबार १५:००
NIMB
Nabil Bank

व्यापार नगर्ने प्रण गरेका पवन गोल्यान निजी क्षेत्रका छाता संस्थाहरुमा पनि लाग्दैनन् । यद्यपी उनी बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालको अध्यक्ष भने छन् ।

‘स्वदेशी लगाउँ, स्वदेशी खाउँ’ भन्ने गोल्यानले पछिल्लो तीन वर्षदेखि कृषि क्षेत्रमा आक्रामक लगानी गरिरहेका छन् । प्रारम्भमा दिवंगत छोराको नाममा स्थापित फाउण्डेसन मार्फत संस्थागत सामाजिक उत्तरदायित्व मार्फत कृषिमा लागेका उनी यतिबेला भने नाफा कमाउने योजनासहित अघि बढेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

प्रस्तुत छ यीनै सवालमा सिंहदरबारले परिसंघ अध्यक्ष गोल्यानसँग गरेको कुराकानीको सारः

– व्यापारबाट पैसा त चाँडै कमाइन्छ तर बानी बिग्रन्छ । सजिलै कमाएको पैसा उडाउन पनि सजिलै हुन्छ ।
– तीन उद्योगमा ५ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।
– उद्योग खोलेपछि मन पोल्न थाल्छ, त्यसले नै सफलता दिलाउँछ ।
– अर्थ मन्त्रालय छिर्दा यो माग्ने मान्छे आयो भन्थे, उद्योगी सबै चोर हुन्, नचोरी धन कमाउनु सम्भव छैन भन्ने थियो ।
– औद्योगीक उत्पादन निर्यात गर्न सकिन्छ भन्ने कुरा धेरै निती निर्मातालाई विश्सासै रहेनछ ।
– दुःख गरेर सफल बनाएको उद्योगको मात्रै महत्व हुन्छ ।
– एक अर्ब भन्दा बढी ऋण लिएर नेपालीले खोलेको पहिलो उद्योग नै रिलायन्स स्पिनिङ हो ।
– २५ वर्षदेखि हाम्रो उद्योगमा कहिल्यै हड्ताल भएको छैन् ।
– तेश्रो पुस्ताले सबै कुरा(धन) गुमाउँछ भन्ने त अनुसन्धानले नै भनिसकेको छ ।
– कोरोना कालमा एक जनालाई पनि रोजगारीबाट निकालेनौं र कम तलब पनि दिएनौं ।
– कोरोना कालमा १० दिन मात्रै उद्योग बन्द भयो ।
– हामी २५ वर्षदेखि राष्ट्रिय बाणिज्य बैंकसँग ऋण लिएर उद्योग चलाईरहेका छौं, हामी र बैंक दुबै सन्तुष्ठ छौं ।
– निर्यातमा ४० प्रतिशत भारत, २५ प्रतिशत जति टर्कीमा पठाउँछौं ।
– कृषिमा केहि गरौं भन्ने छ, पाँच वर्षभित्र लगानी उठाएर नाफामा जान सकिन्छ ।
– कृषिमा म असफल भएँ भने गलत नजिर बस्छ, पाँच वर्षभित्र नाफामा लैजान्छु ।

GBIME

प्रतिक्रिया दिनुहोस्