Shikhar Insurance

जाल्पा लघुवित्तले ५ करोड २२ लाख मूल्यको आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड २२ लाख रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको जाल्पाले आईपीओ निष्कासन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे। जाल्पाले २० जिल्लामा लघुवित्त कारोबार गरिरहेको छ । कम्पनीको चुक्त्ता पुँजी १० करोड ७८ लाख छ। ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्त्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्