Shikhar Insurance

राष्ट्र बैंकका कार्यकारी निर्देशक मानन्धर बने एनसीएचएलको अध्यक्ष, डेपुटीले खुवाइन सपथ

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार ०८:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १६९औं संञ्चालक समितिको बैठकले रामबहादुर मानन्धरलाई अध्यक्ष पदमा चयन गरेको छ।
उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रुपमा बैंकिङ विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

नव नियुक्त अध्यक्ष मानन्धरलाई राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आइतबार नै पद तथा गोपनियताको सपथ ग्रहण पनि गराएकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकहरुबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीहरुबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

GBIME

प्रतिक्रिया दिनुहोस्