Shikhar Insurance

सम्भव देखियो इन्ट्रा डे कारोबार, झण्डै ४० कम्पनी योग्य

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार ०९:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा पनि धितोपत्रको इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले गरेको अध्ययनले केहि कानुनी सुधार र केहि प्रणालीगत सुधारपछि धितोपत्रको अन्तरदिवसिय (इन्ट्रा डे) कारोबार सम्भव देखिएको हो । नेप्सेले सूचना अधिकारी मुराहरी पराजुलीको नेतृत्वमा अध्ययन समिति बनाएको थियो ।

‘प्रविधिमा भएको विकास, कारोबारको आकारमा भएको वृद्धि, फैलँदो लगानीकर्ताको समुदायलाई दृष्टिगत गरि अन्तरर्दिवसीय कारोबार सम्भव र आवश्यक छ भन्ने आँकलन गर्न सकिन्छ’, प्रतिवेदनको मस्यौदामा भनिएको छ । हाल दोश्रो बजारमा सहभागी हुन सक्ने लगानीकर्ताहरुको संख्या ५ लाख पुगेको छ भने अनलाइन ट्रेडिङ सिस्टम(नट्स)मा ३ लाख ७६ हजार लगानीकर्ता सहभागी भैसकेका छन् । हाल कारोबार राफसाफका लागि टी प्लस टु कायम गरिएको छ । अर्थात सेयर किनबेच गरेको तीन दिनभित्र खातामा पैसा वा डिम्याट एकाउण्टमा सेयर आईसक्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिमा मर्चेण्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा, ब्रोकर एसोसियनका अध्यक्ष सन्तोष मैनाली, सिडिएससीका प्रतिनिधी सदस्य थिए ।
‘अन्तरर्दिवसिय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ अनुसार नेपालमा इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये करिब ४० वटा कम्पनी इन्ट्रा डे कारोबारका लागि योग्य ठहरिने देखिन्छ । र तिमध्ये अधिकांश बाणिज्य बैंकहरु हुने देखिन्छ ।

‘अध्ययनको काम अन्तिम चरणमा पुगेको छ, प्रतिवेदन बुझाएपछि नेप्सेले स्वामित्व लिन्छ र धितोपत्र बोर्डलाई पठाउँछ’, अध्ययन समिति संयोजक पराजुलीले सिंहदरबारसँग भने ।  स्टक ब्रोकर एसोसियसनका अध्यक्ष सन्तोष मैनालीले फास्ट ट्रयाकमा काम गर्ने हो भने आगामी ६ महिना भित्र इन्ट्रा डे कारोबार सम्भव हुने बताए । ‘इन्ट्रा डे कारोबारका लागि धितोपत्र सापटी वा अक्सन मार्केटमध्ये एउटा व्यवस्थासँगै ल्याउनुपर्छ, फास्ट ट्रयाकमा काम गर्दा ६ महिनामा कारोबार आरम्भ हुन सक्छ’, ब्रोकर एसोसियसनका अध्यक्ष मैनालीले सिंहदरबारसँग भने ।
सिडिएस, नेप्से र धितोपत्र बोर्डका केहि नियमावलीहरुमा केहि संसोधन गरेर इन्ट्रा डे कारोबार आरम्भ गर्न सकिने पनि उनले बताए ।

कस्ता कम्पनी हुनेछन् योग्य ?
कम्तिमा पनि १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश दिएको, अघिल्लो आवमा दोश्रो बजारमा कम्तिमा पनि ८० प्रतिशत दिन कारोरबार भएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने र समयमै त्रैमाविक विवरण प्रकाशित गर्ने कम्पनीहरु मात्रै इन्ट्रा डे कारोबारका लागि योग्य हुन सक्ने अध्ययनले देखाएको छ ।

के हो इन्ट्रा डे कारोबार ?
एकै दिन सस्तोमा सेयर किनेर महंगोमा बेच्ने वा महंगोमा बिक्रि गरेर सस्तोमा सेयर उठाउने प्रक्रिया नै इन्ट्रा डे कारोबार हो । अर्थात बिहान ए नाम गरेको कम्पनीको सेयर बेचेर साँझ सोही श्रोत प्रयोग गरेर बी भन्ने कम्पनीको सेयर खरिद गरिनु नै इन्ट्रा डे कारोबार हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्