Shikhar Insurance

सिंगटी हाइड्रोमा आवेदन दिन आज अन्तिम दिन, हालसम्म मागभन्दा ७ गुणा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन हो । २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेमा आजसम्म मात्र आवेदन दिन पाइने भएको हो ।

आवेदन दिन पाउने अन्तिम दिनको अघिल्लो साँझसम्म १२ लाख ४४ हजार १ सय २८ जनाले आवेदन दिएका छन् । सिंगटीको आईपीओमा १ करोड ९३ लाख ७१ हजार १ सय कित्ता अर्थात् १ अर्ब ९३ करोड ७१ लाख रूपैयाँ बराबरको आवेदन परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थात् बिक्री हुनेभन्दा ७ गुणाको आवेदन परेको छ । हाइड्रोमा आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७ सय जनाले प्रतिव्यक्ति १०-१० कित्ता पाउनेछन् ।

कम्पनीले चैत ६ गतेदेखि २९ करोड बराबरको २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कुल निष्काशनमध्ये २ प्रतिशतले हुने ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुने एक लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणलाई वितरण गरिनेछ ।

कम्पनीले यसअघि आयोजना स्थल दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ ।

आईपीओमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओको बिक्रि प्रबन्धक मेगा क्यापिटल हो ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । चार अर्ब ३३ करोड लगानीमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्