Shikhar Insurance

नबिल बन्यो डलर प्रिपेड कार्ड जारी गर्ने पहिलो बैंक, कसरी लिने सेवा ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार २०:२८
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक इन्टरनेसनल प्रिपेड कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । बैंकले विदेशी वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने प्रिपेड कार्ड जारी गरेको हो ।

बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रअनुसार ५ सय डलरसम्म भुक्तानी गर्न सकिने कार्डको व्यवस्था गरेको हो । यो कार्डलाई नबिलले ‘नबिल आर्यकार्ड’ भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अब बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५ सय बराबरको ई–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी विश्वभर (भारत बाहेक) भुक्तानी गर्न सक्ने भएका छन् । यो कार्ड लिन ग्राहकहरुको खातासँगै प्यान कार्ड अनिवार्य छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५ सयबराबर को परिवत्र्य विदेशी मुद्रा कार्डमा राख्न सक्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्