Shikhar Insurance

सामसङ ए सिरिजका दुई स्मार्टफोन ए५२ र ए७२ नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्योलेक्सी ए सिरिजका दुई नयाँ फोन नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले ए५२ र ए७२ प्रस्तुत गरेको हो ।

कम्पनीले बेस्ट इन सेग्मेन्ट अन्तर्गत  आफ्नो ए सिरिज परिवार भित्र पावर प्याक्ड फिचरहरु भएको फोन ल्याएको हो । सामसङ नेपालका बजिनेस हेड प्रणयरत्न स्थापितका अनुसार नवीनतम विशेषता सुलभ मूल्यमा प्रदान गर्र्ने उद्देश्यको यी फोन ल्याइएको हो । उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकको चाहनालाई यी फोनले परिपूति गर्ने विश्वास कम्पनीले लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी फोन बेस्ट इन क्लास ६४ मेगापिक्सेल क्वाड क्यामेरकाका साथ उपलब्ध छन् । फोनमा प्रयोग भएको क्यामराले उच्चस्तरीय सफा एवं स्पष्ट फोटो खिच्ने समाथ्र्य राख्दछ । यसका साथै, १६ मेगापिक्सलको अल्ट्रा वाइड र ८ मेगापिक्सलको टेलिलेन्स क्रमशः ६४ मेगापिक्सलको हाइ रेज एएफ ओआईएस तथा तीन गुण अप्टिकल जुम एएफ ओआईएस छ । ५ मेगापिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दा समेट क्रिस्टल क्लियर फोटो खिच्न सक्दछ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले सेल्फीको दुनियामा छुट्टै नयाँ तहसम्म पु¥याउँछ ।

यी फोनले ४के भिडियोबाट ८ मेगापिक्सलको तस्बीर लिन सकिन्छ । साथै एआर इमोजी र माइ फिल्टर जस्तो सुविधाको प्रयोग गरेर प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्छन् ।

दुवै फोनले भिभिड डिस्प्ले तथा जीवन्त अनुभव र स्टाइल प्रदान गर्छन् । फोनमा आफूलाई मन पर्ने कार्यक्रम ६.७ इन्चका एफएचडी प्लस सुपर एमोलेड डिस्प्लेमा हेर्न सकिन्छ । यसमा ९० हर्जको रिफ्रेस रेट छ जसले गर्दा स्क्रोलिङमा छुट्टै अनुभव पाइनछ । उज्यालोमा पनि स्पष्ट चित्र हेर्न फोनमा ८ सय निट लुमिन्यान्स छ । यसको साथै स्मार्टफोनको प्याटनर्सलाई आधार बनाएर डिस्प्लेको कलर तथा टेम्परेचरलाई स्वतः एडजस्ट हुन्छ, जसले गर्दा मोबाइल चलाउँदा आँखा थाक्दैन ।

दुवै फोन बिल्ट–इन सामसुङ केनक्सका साथ उपलब्ध छ, जसलेसामसुङको डिफेन्स–ग्रेड सुरक्षा प्रणाली प्रदान गर्छ । ए७२ मा ५ हजार तथा ए५२ मा ४५ सय एमएएचको ब्याट्री दिइएको छ ।

स्टेरियो स्पिकर र १ टीबीसम्म मेमोरी बढाउन सकिने सुविधा फोनमा छ । स्टेरियो स्पिकरका साथ डल्बि एटमोसले उच्चस्तरीय ध्वनिको अनुभव प्रदान गर्छ । दुवै फोनले सफ्टवेर अपग्रेडको सुविधा पनि प्रदान गर्छन् । थ्री जेनरेसन, कम्तिमा ४ वर्षसम्मको लागि सेक्युरिटिज अपडेट जस्ता सुविधा यी फोनमा छन् ।

असम भायोलेट, असम ब्लु, असम ब्ल्या गरी तीन आकर्षक रंगमा उपलब्ध ए५२ को मूल्य ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ए७२ को मूल्य ५१ हजार ९ सय ९९ कायम गरिएको छ ।

यी फोनमा ८ जीबी ¥याम र १ सय २८ जीबी रोम छ । ८ जीबी ¥याम र २ सय ५६ जीबी भेरियन्टको ए७२ को मूल्य भने ५६ हजार ९ सय ९९ कायम गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्