Shikhar Insurance

नेप्सेमा ४१ अंकको सुधार, चन्द्रागिरी हिल्सको मूल्य प्रतिकित्ता १८ सय ९० रूपैयाँ पुग्यो

सिंहदरबार संवाददाता
२०७७ चैत्र ११, बुधबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार बढ्ने लयमा देखिएको छ । नेप्से परिसूचक बुधबार ४१ अंकले सुध्रिएको हो ।

नेप्से ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुगेको छ । बुलिस ट्रेन्डमा रहेको सेयर बजार गत चैत २ गते तल्लो बिन्दुमा पुगेर पुनः बढ्न थालेकामा बुधबार त्यसले निरन्तरता पाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार कारोबार खुलेलगत्तै उतारचढाव देखिएकामा मध्यान्न साढे १२ बजेदेखि उकालो लाग्न थालेको थियो ।

परिसूचक बढ्ने क्रमले निरन्तरता पाउँदा कारोबार रकममा पनि बढोत्तरी भएको छ । आज ६ अर्ब ६७ करोड रूपैयाँको सेयर किनबेच भएको छ । कारोबारका क्रममा जलविद्युतबाहेक सबै समूहगत उपसूचक उकालो लागे ।

नेप्से बढेको दिन साल्ट ट्रेडिङ कन्सर्न, एचआईडीसीएल, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो नेपालको सेयर मुल्य १० प्रतिशतले बढे । बजारमा सर्वाधिक कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भयो ।

नेप्से बढेको दिन चन्द्रागिरी हिल्सको सेयर मुल्य बढ्ने क्रम रोकिएन । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ सय ९० रूपैयाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्