Shikhar Insurance

अभिकर्तालाई लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै, दावीको जानकारी अब वेभसाइटमै

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार १२:५८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले आफ्ना कारवाहीलाई क्रमशः सरल र प्रविधि मैत्री बनाउँदै लैजान थालेको छ । समितिलाई प्रविधि मैत्री बनाउने क्रममा समितिले अभिकर्ताहरुलाई लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै उपलब्ध गराउन लागेको छ ।

बैशाखदेखि सबै अभिकर्ताहरुलाई समितिले वर्षमा दुई पटक एसएमएस गर्नेछ । अभिकर्ताहरुको लाइसेन्स तयार भएको वा लाइसेन्स नविकरण गर्नुपर्ने समय सम्बन्धी जानकारी समितिले एसएमएसबाटै पठाउनेछ । ‘लाइसेन्सको म्याद सकिनु १५ दिन अघि समितिले एसएमएस पठाउनेछ, नयाँ अभिकर्ताको लाइसेन्स तयार भएको जानकारी पनि एसएमएसबाटै पठाइनेछ’, समितिका एक अधिकारीले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल पाँच जना अभिकर्ताले लाइसेन्स लिएका छन् । तिमध्ये २ लाख ५० हजारदेखि ३ लाख मात्रै सक्रिय रहेको अनुमान छ । नेपाल टेलिकमलाई एसएमएस पार्टनर बनाएर समितिले यो सेवा आरम्भ गर्न लागेको हो । प्रति एसएमएस ०.२५ पैसा शुल्क लाग्नेछ । त्यस्तो शुल्क समितिले नै व्यहोर्नेछ । अब अभिकर्ताहरुको कार्ड पनि प्रिन्टेड उपलब्ध गराइनेछ । बीमितिले बीमा कम्पनीमा दावी गरेपछि त्यसको अवस्था बीमा समितिको वेभसाइटमै हेर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्