डिजिटल बैंकिङ्गलाई ‘डिजिटल मुद्रा’मा परिणत गर्ने योजना छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भविष्यमा डिजिटल मुद्रा आउने दावी गरेका छन् । नेपाल बैंकर्स संघ र प्रदेश २ का प्रमुखसहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै जानुपर्ने र भविष्यमा डिजिटल मुद्रामा परिणत गर्ने योजना रहेको बताएका हुन् । अहिले संसारभर झिप्टो करेन्सी, बिटक्वाइन जस्ता डिजिटल मुद्राहरुको बिगबिगी बढिरहेको छ । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले जनताको पूँजीको जिम्मेवारी लिएकोले यसलाई जनताको हितमा अधिकतम उपयोग गर्ने कर्तव्य भएको विचार व्यक्त गर्दै आर्थिक रुपमा विपन्न तर काम गर्न सक्षम र उपयुक्त योजना÷प्रस्ताव सहित ऋणको अपेक्षा गर्ने जो कोहिलाई पनि निरुत्साहित नगर्ने र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले प्रदेश नं २ मा विकासको सम्भावना प्रचुर रहेको विचार व्यक्त गरे । कार्यक्रममा प्रदेश प्रमुख डा. राजेश अहिराजले बैकमा खोलिने खाता, खाता नभई जनतासंगको नाता भएकाले यसलाई बलियो बनाउने, खासगरी आर्थिक रुपमा विपन्नलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य बैंकिङ्ग सेवाको माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्नेमा जोड दिए । साथै, क्षेत्रगत रुपमा आ–आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व र अन्य लगानीको माध्यमबाट प्रदेशका साथै देशको विकासमा थप टेवा पु¥याई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यस क्षेत्रको योगदान अभिबृद्धि गर्ने विचार पनि व्यक्त गरे … Continue reading डिजिटल बैंकिङ्गलाई ‘डिजिटल मुद्रा’मा परिणत गर्ने योजना छः गभर्नर अधिकारी