Shikhar Insurance

नयाँ भर्ना गर्दै राष्ट्रिय अनुसन्धान विभाग, माग्यो १०४ जना कर्मचारी

सिंहदरबार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार १९:०६
NIMB
Nabil Bank

काठमाण्डौं । राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी भर्नाको लागि सुचना प्रकाशित गरेको छ । शुक्रबार विभागले प्रकाशित गरको सुचनामा विभिन्न पदमका लागि १०४ जनाको आवेदन माग गरेको हो ।
माग गरिएको पदका लागि ०७८ बैशाख १२ गतेसम्म आवेदन दिने समय तोकिएको छ । तर दोब्बर दस्तुरमा भने बैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ जनाका लागि माग गरिएको दरखास्तका लागि भने विभागले निम्न मापदण्ड तोकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसमा अनुसन्धान अधिकृतका लागि ०४७ सालदेखि ०५६ साल भित्र जन्म भएको, अनुसन्धान सहायकका लागि ०४७ सालदेखि ०५९ सालभित्र जन्म भएको र सहायक सुचकका लागि आवेदन दिन ०५२ सालदेखि ०५९ सालभित्र जन्म भएको हुन पर्ने विभागले उल्लेख गरेको छ ।

विभागले समावेशीताका लागि नेपालको कानुन अनुसारको व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्