Shikhar Insurance

२ अर्ब ७३ करोड कर छल्ने ९ व्यवसायी विरुद्ध मुद्धा, को को परे फन्दामा ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार २०:१८
NIMB
Nabil Bank

काठमाडौं । राजश्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी राजश्व छल्ने ९ व्यवसायीक फर्महरु विरुद्ध मुद्धा दायर गरेको छ । झुट्टा तथा नक्कली भ्याटबिल प्रयोग गरि २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपियाँ राजश्व छली गर्ने ९ वटा फर्म बिरुद्ध विभागले चैत ११ गते र १३ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले सिरहाको कल्याणपुर नगरपालिका ११ घर भई हाल महालक्ष्मी नगरपालिका १ इमाडोल बस्ने ओएनएस इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोरी यादव, प्रोप्राइटर प्रमिलादेवी यादव र बैंक खाता सञ्चालक विशाल अग्रवाल बिरुद्ध ७६ करोड ६७ लाख ८३ हजार ९ सय ३९ रुपियाँ माग दाबीसहित चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी सोही दिन रेणु इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोरी यादव, रेणुकुमारी यादव र विनय अग्रवाल विरुद्ध ५० करोड ६० लाख ८२ हजार २ सय २० रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको हो । त्यस्तै रुपम कन्सर्नका साझेदार, कारोबार सञ्चालक किशोरी यादव, साझेदार उमेशकुमार सिंह र कारोबारमा संलग्न विनय अग्रवाल विरुद्ध ४९ करोड १८ लाख ६० हजार ५ सय २६ रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । यता, आरजु इन्टरनेशनलका कारोबार सञ्चालक किशोरी यादव, प्रोप्राइटर मूर्तिदेवी सिंह र बैंक खाता सञ्चालक विनय अग्रवाल विरुद्ध ४० करोड ८७ लाख ९१ हजार ४ सय २२ रुपियाँ माग दाबीसहित चैत ११ गते नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागका अनुसार चैत १३ गते झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छली गर्ने श्रीराम इन्टर प्राइजेज समेतका ५ वटा फर्महरु बिरुद्ध ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपियाँ माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ बस्ने ओम श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर वीरेन्द्रराम चमार विरुद्ध २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपियाँ माग दाबीसहित मुद्दा दर्ता भएको हो । त्यस्तै बारा जिल्ला करैया गाउँ पालिका वडा नम्बर ७ बस्ने एभरेष्ट ट्रेड कन्सर्नका प्रोप्राइटर महेश हजारा बिरुद्ध १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपियाँ, महोत्तरी जिल्ला पिपरा गाउँ पालिका ५ बस्ने द भिजन इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गेशकुमार झा तथा फर्मका बैंक खाता सञ्चालक नसिबकुमार झा बिरुद्ध १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका ३१ बस्ने गुरु गणेश इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक शुरेस सहनी तथा बैंक खाता सञ्चालक रामप्रसाद महतो विरुद्ध ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपियाँ र उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ बस्ने एनआईसी ट्रेडर्सका प्रोप्राइटर भुपेन्द्र कार्की तथा बैंक खाता सञ्चालक गोपालप्रसाद भट्टराई बिरुद्ध ४३ लाख ४७ हजार ६ सय ३० रुपियाँ माग दाबी सहित चैत १३ गते नै मुद्दा दर्ता गरिएको विभागद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यी ९ वटा फर्महरुले मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिक्री बिजक जारी गरी उक्त फर्महरुबाट बिक्री रकम भुक्तानी लिई सो बिजक मार्फत असुल गरेको मुल्य अभिबृद्धि कर रकम सरकारी कोषमा दाखिल नगरेको र विभिन्न फर्महरुलाई नक्कली एवम् झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि कर, आयकर र लाभांश करसमेतको राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्