Shikhar Insurance

कोरोना बीमाको भुक्तानीका लागि ३ अर्ब माग्दै बीमा समितिले सरकारलाई लेख्यो पत्र

सिंहदरबार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार २१:४०
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितले कोरोना बीमा वापतको दावी भुक्तानी फर्स्योटका लागि ३ अर्ब रुपैयाँ माग्दै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । समितिले शुक्रबार पत्र लेख्दै तीन अर्ब रुपैयाँ मागेको हो ।

‘आजै तीन अर्ब रुपैयाँ मागेर अर्थ मन्त्रालयमा पत्र पठाएका छौं, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको दायित्व वापतको रकम भुक्तानी गरिसकेपछि नेपाल सरकारको दायित्व वापतको रकम मागेर पत्र पठाएका हौं’, बीमा समिति उच्च श्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले हालसम्म ५० प्रतिशत प्रिमियम भुक्तानी गरिदिने बजेटको व्यवस्था अनुसार ३१ करोड रुपैयाँ प्रिमिय बीमा समिति मार्फत बीमा कम्पनीहरुलाई उपलब्ध गराएको छ । समितिले शुक्रबार नै ११ हजार एक सय ६ सय दावी स्वास्थ्य मन्त्रालय पठाएको छ ।

अर्थ मन्त्री बिष्णु पौडेलले कोरोना बीमाको दावी भुक्तानी तत्काल फर्स्योट गर्न निर्देशन दिँदै आईरहेका छन् । हालसम्म कोरोना बीमाको दावी वापत ४ अर्ब ५० करोड बढी रकम भुक्तानी भैसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्