Shikhar Insurance

ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब छ तर अब कुर्न सकिन्न

सिंहदरबार संवाददाता
२०७७ चैत्र १४, शनिबार १४:५९
NIMB
Nabil Bank

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारलाई दिएको समर्थन केहि दिनभित्रै फिर्ता लिने बताएका छन् । वृहत नागरिक आन्दोलनले गरेको सम्वादमा अध्यक्ष प्रचण्डले आफुलाई समर्थन फिर्ता नलिन दबाव आईरहेको पनि बताए ।

‘मलाई केहि साथीहरुले समर्थन फिर्ता नलिन दबाव दिईरहेका छन्, परिस्थिति झन बिग्रिन्छ भनिरहेका छन्, तर म अब पर्खन सक्दिन, केहि दिनभित्रै समर्थन फिर्ता हुन्छ’, अध्यक्ष प्रचण्डले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाई भैरहँदा आफुलाई नैतिक संकट आईपरेको पनि बताए । प्रचण्डले ओलीको प्रतिगमनकारी कदमका विरुद्ध संघर्ष गरेका दलहरु एक भएर ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्