Shikhar Insurance

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

सिंहदरबार संवाददाता
२०७७ चैत्र १५, आईतवार ०८:३५
NIMB
Nabil Bank

काभ्रे । जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन् ।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिए । अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिएकी थिइन । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइन् । मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उनले बताइन । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित भएका थिए । त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो ।

नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । साथै विकास निर्माणलगायत नगरले गरेका कामको विवरण समेटिएको ‘स्मारिका २०७७’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले स्थापना दिवसका अवसरमा आयोजित ¥यालीमा सहभागी विभिन्न समुदायका प्रतिनिधि तथा सङ्घसंस्थालाई समेत सम्मान गरेको थियो ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्