Shikhar Insurance

यहाँ खान पाइन्छ ६० रुपैयाँमै मासुभात (ठेगानासहित)

सिंहदरबार संवाददाता
२०७७ चैत्र १५, आईतवार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । राजधानीमै ६० रुपैयाँमा मासुभात खान पाइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो ।

‘खाना सबैलाई’ नामको परोपकारी रेस्टुरेन्ट लक्षित वर्गलाई सस्तोमै पेट भराउने अभियानमा लागेको छ । जहाँ लक्षित वर्ग (श्रमिक, विद्यार्थी, अपांग, असहायलगायत) ले थालको ५० रूपैयाँमा सादा खाना र १० रूपैयाँ थपेर मासुभात खान पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

खाना सबैलाई रेस्टुरेन्ट छ, बसन्तपुरबाट कालीमाटी जाने बाटोमा टंकेश्वर पुल नपुग्दै । परोपकार स्कुल लगाडि रहेको यो रेस्टुरेन्ट पुग्दै सफा र चिटिक्क परेको किचेन देखिन्छ । काउन्टरबाट टोकन लिएर टेबलमा बस्न सकिन्छ र वेटर खाना लिएर तपाईं भएकै टेबुलमा आइपुग्छन् ।

थालको २ सयभन्दा बढी लिनेका लागि खाना सबैलाई सामुदायिक भान्सा उदाहरणीय बनेको छ ।

तर, लक्षितबाहेक सामान्य अरू व्यक्तिले भने सादा खानाको प्रतिथाल १ सय रूपैयाँ तिर्नुपर्छ । र, थप १० रूपैयाँ तिरेर मासुभातै खान सकिन्छ ।

यहाँ खाना खान दैनिक ३ सयभन्दा बढी आउने सञ्चालक कृष्णहरी भट्टराईले जानकारी दिए । अर्का सञ्चालक नवराज मोक्तान भने सामान्य मानिसलाई अलि बढी शुल्कमा खाना खुवाउँदा आएको केही नाफा लक्षित वर्गको लागि उपयोग गर्न सकियोस् भन्ने हेतु रहेको बताए ।

यो परोपकारी कामले महामारीबाट ग्रसित श्रमिक वर्गमा ठूलो टेवा पुगेको छ । उनीहरूलाई दैनिक घरमा खाना पकाउनुपर्ने झन्झट टरेको छ भने घरमा पकाउँदा लाग्नेभन्दा कम मूल्यमा गुणस्तरीय मासुभात खान पाइन्छ ।

यहाँ पाइने खाना सामान्य रेस्टुरेन्टभन्दा कम्ताको छैन । ठूलो थालमा भात, तरकारी, दाल, अचार र सलादले हेर्दै खाउँखाउँ लाग्ने छ ।

रेस्टुरेन्ट सञ्चालकले सुरुमा श्रमिकहरूलाई सहज होस् भनेर कालीमाटी बजार र भीमसेनस्थानवरपरका श्रमिक र न्यून आय हुने तीन सयभन्दा धेरैलाई रेस्टुरेन्टबारे बताए । उनीहरूले दैनिक ज्याला-मजदुरी गर्ने र होटेलमा खाना खानेलाई कुपन नै बनाएर दिए । विस्तारै साधारण मूल्यमा खाना खानेहरू पनि बढे ।

सहुलियतदरमा खाना खान पाउने वर्गमा दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया, निर्माणसम्बन्धी कामदार, फुटपाथ व्यापारी, सफाइमा खटिने कामदारलगायत ज्‍येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति तथा न्यून आय भएका मानिस छन् ।

दैनिक खाना खाने न्यून आय भएकाहरूलाई सहुलियतको कुपन र साधारण मानिसहरूलाई साधारण कुपन नै बनाएका छन् । उक्त कुपन प्रयोग गरेर हरेक दिन सोही दरमा खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

रेस्टुरेन्टमा सुरुवाती दिनदेखि हालसम्म ‘हगिङ नेपाल’ नामक संस्थाबाट लागत व्यवस्थापन हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्