Shikhar Insurance

कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १५, आईतवार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । स्मार्टफोन ब्रान्ड कुलप्याडले आफ्ना उपभोक्ताका लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेसनलले यही चैत १३ गते शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको हो ।

कुलप्याड मोबाइलको ब्रान्ड एम्बास्डर शिल्पा मास्केले हरेक साता एकजना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरिन् । कुलप्याड लखपति योजनामा कम्पनीले कुलप्याडका स्मार्टफोन किन्ने ग्राहक मध्येबाट प्रत्येक साता एकजना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि प्रत्येक साता कम्पनीले ५ जना बिजेतालाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ । कम्पनीले आगामी २०७७ वैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तर्गत ८ सातामा ८ जना प्रत्येक ग्राहकलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोन र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ ।

सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ ।

योजनामा प्रत्येक साता सहभागीलाई गोलाप्रथाद्वारा छनौट गरि कुलप्याडको आधिकारिक फेसबुक पेजबाट घोषणा गरिनेछ ।

लखपति योजनाले कुलप्याडको ग्राहकलाई नयाँ वर्षमा नयाँ उपहार दिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए ।

यो योजना आइतवारदेखि नेपालभर लागू भएको छ ।
यसका साथै कम्पनीले लखपति योजनाको अवसर पारेर आफ्नो नयाँ मोडल कुल १० पनि सार्वजनिक गरेको छ । कम्पनीले कुल १० सूपथ मूल्यमा उत्कृष्ट फोन चाहने ग्राहकहरुलाई लक्षित गरेर सार्वजनिक गरेको हो। कुल १० स्मार्टफोन नेपालभर उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्