Shikhar Insurance

सेयर बेचेको पैसा पाउन ३२ दिन लागेपछि लगानीकर्ता पुगे सिडियोको शरणमा

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । सेयर बेचेको पैसा पाउन ३२ दिन कुर्नु परेपछि एक जना लगानीकर्ता सिडिओको शरणमा पुगेका छन् । मकवानपुरकी लगानी कर्ता सुनिता पण्डितले सेयर बेचेको ३२ दिनपछि मात्रै आफ्नो खातामा पैसा आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएकी हुन् । उनले क्षतिपुर्तिको माग समेत गरेकी छिन् ।

पण्डितले ३६ नम्बरको स्वर्णलक्ष्मी सेक्युरीटीजबाट फागुन ११ गते सेयर बेचेको र सो सेयर बेचे वापतको रकम चैत १२ गते मात्रै प्राप्त गरेकी बताएकी छिन् ।
उनले जिप्रका मकवानपुरमा दिएको उजुरीमा आवश्यक कारवाही तथा क्षतिपुर्तिको माग पनि गरेकी छिन् । हाल सेयर कारोबारको सेटलमेन्ट टी प्लस टुमा हुँदै आएको छ । अर्थात सेयर किनेको तेश्रो दिनमा खातामा सेयर आउनेछ भने बेचेको तेश्रो दिनमा खातामा पैसा आउनुपर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्