Shikhar Insurance

घरेलु भुमिमा नेपाललाई उपाधी, बंगलादेश पराजित

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । राजधानीमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ । फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधी जितेको हो ।

नेपाललाई जिताउन संजोग राई र विशाल राईले पहिलो हाफमै १/१ गोल गरे । संजोगले १८ औं र विशालले ४२ औं मिनेटमा गोल गरेका हुन् । बंगलादेशका लागि महबुर रहमानले खेलको अन्तिम समयमा गोल गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

बंगलादेश लिग विजेता र नेपाल उपविजेताका रूपमा फाइनलमा भिडेका हुन् ।

लिग चरणमा नेपालले दुवै खेल गोलरहित बराबरी खेलेको थियो जवकि बंगलादेशले किर्गिस्तानलाई आत्मघाती गोलमार्फत पराजित गरेको थियो ।

नेपाल र बंगलादेशले सिनियर टोलि खेलेका हुन् । किर्गिस्तानले भने ओलम्पिक अर्थात अन्डर २३ टोली पठाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्