Shikhar Insurance

११ अर्बको हकप्रद निष्काशन गर्ने अनुमति माग्दै एचआईडीसीएल पुग्यो धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०७७ चैत्र १७, मंगलवार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को एक बराबर एक कित्ताको अनुपातमा हक प्रद सेयरले जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले चैत १२ गते बोर्डमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै आवेदन दिएको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि केयर ए माइनस रेटिङ पाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत मुक्ति न्यौपानेले केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिए । ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘ए माइनस रेटिङ पाएका छौं, यो भनेको औषत भन्दा राम्रो हो, बोर्डले अनुमति दिएको एकाध हप्ताभित्रै हकप्रद जारी गरिसक्ने योजना छ ।’, निमित्त सीईओ न्यौपानेले सिंहदरबारसँग भने ।

उनका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । ‘केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो, अहिले त्यो पनि हटिसकेको छ’, न्यौपानेले भने ।

कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो । कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्