Shikhar Insurance

बुध्द एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुध्द एयरले केही समय अगाडी मात्रै एटीआर(७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर(७२ जहाज पनि थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।जहाज थपिएसँगै ९ वटा एटीआर(७२, तीनवटा एटीआर(४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्