Shikhar Insurance

बैतडीकाे सिगासमा नयाँ फलाम खानी, शुरु भयाे उत्खनन्

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार १२:४९
NIMB
Nabil Bank

बैतडी । सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खनन्को काम भइरहेको छ । धामीले भने,“उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको छ । ” सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको धामीले बताए । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको हो । धामीले भने,“चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । धामीले भने,“खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।” खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्