Shikhar Insurance

‘बलियो कम्पनी र लगानीकर्तालाई उचित प्रतिफल सुनिश्चित गर्दै जान्छौं’

दिप प्रकाश पाण्डेय
२०७७ चैत्र १९, बिहीबार १७:५०
NIMB
Nabil Bank

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमक संघको अध्यक्ष हुन्, दिप प्रकाश पाण्डेय । शिखर इन्स्योरेन्सले नै कोरोना बीमामा ‘पुल’को काम पनि गरिरहेको छ । शिखरले लगानीकर्तालाई २७.७६ प्रतिशत बोनस सेयर दिएर पुनः ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ ।

कोरोना बीमाको दावी भुक्तानी, पुँजी वृद्धिको औचित्य, बीमा क्षेत्रका विकृति हटाउने उपाय तथा बजार विस्तारका भावी रणनीतिबारे सिहंदरबारले उनै पाण्डेयसँग कुराकानी  गरेको छ । प्रस्तुत छ, कुराकानीको संक्षेप ।

Citizen Life
Kumar Bank
Nepal Life

– गरिखाने वर्गका लागि भनेर ल्याएको कोरोना बीमाबाट हुनेखाने वर्गले बढी लाभ लिएको देखियो ।

– १५ देखि २० दिन भित्र कोरोना बीमाको दावी भुक्तानी गरिसक्छौं तर सरकारले प्रतिवद्धता गरे अनुसारको रकम उपलब्ध गराउनुपर्छ ।

– बीमा दुःखको साथि हो, धनी गरिब सबैलाई समेट्ने गरि अघि बढ्नु पर्नेछ ।

– व्यवसाय विस्तारको सम्भावना र नियामकले पुँजी बढाउन सक्ने सम्भावनालाई हेरेर हामी आफैंले पुँजी बढाउन हकप्रद निष्काशनको बाटोमा अघि बढेका हौं ।

– पुँजी नबढाए हामीले थप व्यवसाय गर्न मुस्किल हुने अवस्था आईसकेको थियो ।

– एक दुई वर्ष हकप्रद सेयरका कारण प्रति सेयर आम्दानी घट्न सक्छ तर हामी लाभांश राम्रो दिँदै जानेछौं ।

– दुई तीन वटा कम्पनीसँग मर्जरको तयारी गरेका थियौं, अन्तिम समयमा रोकिने रहेछ ।

– नागरिकहरुको क्रय शक्तिलाई हेरेर बीमा पोलिसीहरु बनाइनुपर्छ, हामी त्यतैतिर सोचिरहेका छौं ।

– पशुबीमामा सरकारको अनुदान घटाउँदै लैजाँदा हुन्छ, सधै सरकारले अनुदान दिएर मात्रै हुन्न ।

– बलियो कम्पनी र लगानीकर्तालाई उचित प्रतिफल सुनिश्चित गर्दै जान्छौं ।

– बीमाले आर्थिक जोखिम लिएर नागरिकलाई पहिले भन्दा गरिब हुन नदिने हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्