Shikhar Insurance

नबिल बैंकले कृषि प्राविधिकलाई सहयोग गर्ने, यसरी सजिलै पाइन्छ कर्जा

सिंहदरबार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार १५:५०
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक र आरएन्डडी इनोभेटिभ सोलुसन्सबीच कृषि प्राविधिकलाई सहयोग गर्ने सम्झौता भएको छ । कृषि प्राविधिकलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर बैंकले सहयोग गर्ने भएको हो ।

सम्झौतामा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) आरएन्डडी इनोभेटिभ सोलुसन्सका अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वाससहित बैंकले सम्झौता गरेको जनाएको छ ।

कृषि प्राविधिकहरुका आवश्यकता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ सुविधा र सेवा प्रदान गरी कृषि प्राविधिकलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने बताइएको छ ।

आरएन्डडी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिक छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैकले उपलब्ध गराउनेछ ।

यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ ।

यस कार्यक्रममा अन्तर्गत जेटीए, जेटी, आईएससीएजी र बिएससी एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्