पीडित किशोरीको जन्ममितिको कागजात झिकाउन आदेश

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार १८:२४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइँसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।

आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्