Shikhar Insurance

इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सकिने

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ ।

इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । भदाै २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने जनाइएको छ ।

Citizen Life
Kumar Bank

उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ भने दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।

साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिने र साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् कम्पनीले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्