आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई ५ सय क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १५:२२

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५ सय रूपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलोपटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् कम्पनीले जनाएकाे छ।

सेवाग्राहीहरुलाई विद्युत्तीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदाै २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सीमित अबधि लागि मात्र हो।

प्रतिक्रिया दिनुहोस्