Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रहरी अस्पतालमा नगदरहित भुक्तानीको व्यवस्था

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ । बैंकले अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा नगदरशित भुक्तानीको व्यवस्था मिलाएको हो ।

प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरे । प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले अब नगदको सट्टा विद्युतीय भुक्तानीका साधनबाट भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वि.सं. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्