Shikhar Insurance

विदेशी सहायताः एक चौथाई कोभिडलाई, दुई तिहाइ ऋण !

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले प्राप्त गरेको औपचारिक विकास सहायताको दुई तिहाइभन्दा बढी वैदेशिक ऋण रहेको पाइएको छ । गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदनले ६९.९ प्रतिशत ऋणको रुपमा प्राप्त भएको देखाएको हो ।

प्रतिवेदनअनुसार गत आवमा २ अर्ब अमेरिकी डलर विकास सहायता प्राप्त भएको थियो जुन अघिल्लो आवको भन्दा २१.२ प्रतिशत बढी हो । अघिल्लो आव १ अर्ब ५७ करोड डलर वैदेशिक विकास सहायता आएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्कातर्फ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भारी गिरावट आएको छ । अघिल्लो आवमा उनीहरुले २१ करोड ५३ लाख डलर सहयोग गरेकामा गत आव त्यो घटेर १३ करोड १८ लाखमा खुम्चिएको छ ।

प्रतिवेदनअनुसार नेपालले प्राप्त गरेको औपचारिक विकास सहायतामध्ये ५१ करोड २९ लाख अमेरिकी डल कोभिड १९ रोग विरुद्ध लड्न खर्च भएको देखिन्छ जुन कुल सहायताको २५.६ प्रतिशत हो ।

कुल सहायतामध्ये ११.३ प्रतिशत प्राविधिक सहयोग रहेको देखिन्छ ।

पछिल्लो समय नेपालले लिने वैदेशिक सहायतामा ऋणको हिस्सा बढ्दै गएको देखिन्छ । जसलाई सरकारले नेपालको क्षमता बढेको दाबी गर्छ । अर्थ मन्त्रालयले भनेको छ, “औपचारिक वैदेशिक सहायतामा ऋणको हिस्सा बढ्नुले नेपाल विकास साझेदारबाट सहुलियतपूर्ण ऋण लिन सक्षम भएको पुष्टि गर्दछ ।”

विकास साझेदारबाट प्राप्त हुने सहायता नेपालको बजेटको महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । अघिल्लो आवमा १५.२ प्रतिशत बजेटरी सपोर्ट प्राप्त भएकामा गत आव बढेर ३६.९ प्रतिशत पुगेको छ ।

प्राप्त हुने सहायता बजेट च्यानलबाट ८३.५ प्रतिशत खर्च हुन्छ । अघिल्लो वर्ष यस्तो माध्यम ७८.४ प्रतिशत थियो ।

मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस्तो छ, प्रतिवेदनः

GBIME

प्रतिक्रिया दिनुहोस्