अब राइड वा ड्राइभ, डेलिभरी, पठाउँदा वा प्राप्त गर्दा, सबै डिल्सका लागि एउटै एप- ‘इन्ड्राइभ’

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १४:२५

काठमाडाैं । विश्वभर २ अर्बभन्दा बढी राइड सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, सहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड(सेयरिङ उद्योगलाई अगाडि बढाइरहेको छ।

इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो । सोही समयदेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता यस एपले दिइरहेको छ। सेवा नपुगेका बजारहरूमा विद्यमान खाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग रहेको कम्पनीले जनाएको छ।

राइड-हेलिङ(एपीएसी) इनड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले भने, ‘सुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू, र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेका छौं। हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य-सहनशिलताको नीति लिँदै आएका छौं। एक्सपान्सन, ग्रोथ, कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं।’

वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ) को रुपमा सहरी सेवाहरूका लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा सञ्चालित कम्पनी भएको र यस कम्पनीले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि नभएकाे कम्पनीले जनाएको छ। राइड-हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको कम्पनीको विश्वास रहेको छ । इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्ने कम्पनीले  जनाएकाे छ।

आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७ सयभन्दा बढी सहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई निरन्तर सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्