Shikhar Insurance

सिंगटीको आईपीओः १७ प्रतिशतले पाए १०–१० कित्ता, यस्तो छ एलोटमेन्ट मोड्युल

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १२:२४
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो ।

सिंगटीको आईपीओका लागि परेका योग्य आवेदनमध्ये १७.२ प्रतिशतलाई १०–१० कित्ता सेयर परेको छ । गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओमा १५ लाख ६५ हजार ५३० वटा आवेदन परेको थियो । जसमध्ये ५ हजार ७२८ आवेदन रद्द भएको बताइएको छ । बाँकी १५ लाख ५९ हजार ८ सय २ आवेदक बाँडफाँड प्रकृयामा सहभागी थिए ।

कुल २ करोड २८ लाख ४९ हजार ६ सय ७० कित्ता सेयर माग गरिएको थियो । जसमध्ये ८१ हजार कित्ताका लागि गरिएको आवेदन रद्द गरिएको छ । आईपीओको नतीजा सीडीएससीको आपीओ रिजल्ट वेबसाइटमा हेर्न सकिन्छ ।

हेरौं, बाँडफाँडको मोड्युलः

GBIME

प्रतिक्रिया दिनुहोस्