Shikhar Insurance

न्यु इयर अफर : दराजबाट सामान किनेर सानिमामार्फत् तिर्दा २० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १६:११
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराज केमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

योजनासम्बन्धि सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमुका अरुण फुँयालले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गते सम्म लागू हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्