नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १२:१५

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको ५५ औं बैठकले पोख्रेललाई सोही मितिदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

यसअघि पोख्रेलले नेपाल एसबीआई बैंकको वित्त, लेखापरीक्षण र मधेस प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको कम्पनीको भनाइ छ ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको मर्चेण्टको चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्