Shikhar Insurance

बीमा संस्थानको भुक्तानी एनसीएचएलका प्रणालीबाट हुने

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको भुक्तानी एनसीएचएलकोडिजिटल माध्यमबाट गर्न सकिने भएको छ । संस्थानले भुक्तानी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी गर्न सकिने गरी गरी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई बैंकको माध्यमबाट नेसनल पेमेन्ट इन्टरफेसमार्फत ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगानीलगायतका विभिन्न कारोबार बैंक खाताबाट सोझै गर्न सक्नेछ । साथै, संस्थानका बीमितहरूले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५ हजार भन्दा बढि बैंक शाखाबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकको च्यानलमार्फत पनि तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीका बैंक खाताबाट हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्