Shikhar Insurance

न्युयोर्क होइन अब बेईजिङ बन्यो अर्बपतिहरुको शहर, हरेक १७ घण्टामा नयाँ अर्बपति थपिए

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३०, सोमबार २१:४४
NIMB
Nabil Bank

काठमाडौं । चीनको राजधानी बेईजिङमा संसारका सबै भन्दा धेरै अर्बपतिहरु बस्छन् । फोर्ब्सले भर्खरै सार्वजनिक गरेको अर्बपतिहरुको सूचिले बेईजिङलाई धनीहरुको शहरका रुपमा स्थापित गरेको हो । बिनजेश म्यागेजिनका अनुसार गत वर्ष बेईजिङसँग जोडिएका ३३ नयाँ अर्बपति थपिएका छन् । अब बेइजिङमा अर्बपतिहरुको संख्या एक सय पुगेको छ ।

९९ जना अर्बपतिहरुसहित न्युयोर्क दोश्रो स्थानमा छ जबकी गत साल बेईजिङ पहिलो नम्बरमा थियो । यद्यपी कुल अर्बपतिहरुको संख्यामा अमेरिका अझै पनि एक नम्बरमै रहेको छ । ७२४ अर्बपतिहरु अमेरिकी छन् भने चिनियाँहरुको संख्या ६९८ जना रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

चिनको अर्थ व्यवस्था कोभिड १९ को संकटका बावजुद पुनः लय समाउन सफल भएको छ । चिनियाँ टेक्नोलोजी कम्पनीको बढोत्तरी र सेयर बजारका कारण पनि चिनियाँ अर्थतन्त्रले चाँडै लय समातेको हो । बेईजिङका अर्बपतिहरुको कुल सम्पति भने न्युयोर्ककका अर्बपतिहरुको भन्दा धेरै छ । बेईजिङमा रहने अर्बपतिहरुको कुल सम्पति ५८ अर्ब डलर छ । न्युयोर्कका अर्बपतिहरुको कुल सम्पति ८० अर्ब डलर छ ।

बेईजिङका सबै भन्दा धेरै धनीहरु जाङ यामिङ हुन, उनी भिडियो सेयर एप टिकटकका संस्थापक तथा त्यसको प्यारेन्ट कम्पनी बाइट डान्सका मुख्य कार्यकारी छन् । उनको आम्दानी दुई गुणा बढेको छ र अब उनीसँग ३५.६ अर्ब डलर पुगेको छ । न्युयोर्ककका सबै भन्दा धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्ग हुन । उनीसँग ५९ अर्ब डलर सम्पति छ ।

हरेक १७ घण्टामा एक अर्बपति
४९३ नयाँ व्यक्ति संसारको अर्बपति सूचिमा प्रवेश गरेका छन् । यो आकडाका अनुसार हरेक १७ घण्टामा एक जना अर्बपति सूचिमा थपिएको देखिन्छ । सबै भन्दा धेरै अर्बपतिहरुको सूचिमा भारत तेश्रो नम्बरमा छ । भारतका १४० अर्बपति सूचिमा छन् ।

एसिया प्रशान्त क्षेत्रका ११४९ अर्बपति सूचिमा छन् जसको कुल सम्पति ४.७ ट्रिलियन डलर छ । अमेरिकाका अर्बपतिहरुको कुल सम्पति ४.४ ट्रिलियन डलर छ । अमेजनका संस्थापक तथा मुख्य कार्यकारी जेफ बेजोस लगातार चौथो वर्ष संसारका सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको सम्पति गत साल ६४ अर्ब डलरबाट बढेर १७७ अर्ब डलर पुगेको छ ।

रफ्तारमा बढ्दै चीनको ई–कमर्श
चिन र अमेरिकी टेक कम्पनीहरुलाई महामारीले झन ठूलो बनाईदिएको छ । किन की यहि अवधीमा अनलाइन खरिद बिक्रिका लागि इन्टरनेटकै उपयोग गरेका छन् ।

फोर्ब्सले मकाउ र हङकङका अर्बपतिहरुलाई पनि चीनकै सूचिमा राखेका छ । चिनियाँ अर्बपतिहरुको सूचिमा २१० जना नयाँ व्यक्ति समावेश भएका छन् । चीन अब संसारका धेरै अर्बपति हुने देशहरुको सूचिमा दोश्रो नम्बरमा परेको छ ।

चिनका आधा भन्दा बढी अर्बपतिहरु या त उत्पादन क्षेत्र या त टेक कम्पनीसँग जोडिएका छन् । त्यसमा महिला अर्बपति केट वाङ पनि छिन् जसको कमाईको माध्यम ई–सिगरेट हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्