Shikhar Insurance

एलएलबिमा नयाँ भर्ना खुल्यो, कानून पढ्न चाहनेलाई अवसर

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार ०९:५२
NIMB
Nabil Bank

काठमाडौं । एलएलबिको नयाँ भर्ना खुला भएको छ । त्रिभुवन विश्वविद्यालयले कानून संकाय अन्तर्गत ३ वर्षे स्नातक तह (एलएलबि) को नयाँ भर्ना आवेदन खुला गरेको हो ।

कानून संकाय डिनको कार्यालयले एलएलबिमा भर्ना हुन चाहने विद्यार्थीले बैशाख १४ गतेदेखि जेठ १३ गतेसम्म आवेदन फाराम र विवरण दर्ता गर्ने मिति तोकेको छ । प्रवेश परीक्षा जेठ २९ गते हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो फारमा भर्न १ हजार २ सय रुपैयाँ परीक्षणा फाराम र दस्तुर तोकिएको छ । अन्य संकायमा स्नातकोत्तर वा सो सरह उर्तीण गरेका विद्यार्थीहरु एलएलबिमा भर्नाको लागि योग्य हुनेछन् । एलएलबि वार्षिक प्रणाली अनुसार सञ्चालन हुनेछ ।

पछिल्लो समय कानूनका विद्यार्थीको संख्या बढ्दै गएको छ । सबै क्षेत्रका लागि उत्तिकै आवश्यक भएको तथा स्वतन्त्र रुपमा पेशा सञ्चालन गर्न सक्ने भएकोले धेरैको रोजाई कानून संकाय पर्ने गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्