Shikhar Insurance

उधारो बिमा बन्द गर्नुस् : अध्यक्ष शिलवाल

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितका अध्यक्ष सुर्यप्रसाद शिलवालले उधारो बीमा बन्द गर्न निर्देशन दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीको आरोग्य बीमालेख योजना लन्च गर्दै शिल्वालले उधारोको बिमा बन्द नगरे बीमा समिती कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

कानुनभन्दा बाहिर गएर निर्जीवन बीमा कम्पनीहरुले काम गरिरहेको बताउँदै उनले तीनलाई कारबाही हुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले बीमा बजारले प्रगति गर्न नसक्नुको कारण खोज्न पनि बीमा कम्पनीहरूलाई निर्देशन दिए । अहिले सहरमुखी रहेको बीमालाई गाउँस्तरमा लैजान उनको आग्रह छ । “सहर केन्द्रित बीमाले राष्ट्रलाई फाइदा छैन,” उनले भने, “गाउँमा पुग्ने योजाना लिएर आउनुस् । त्यसका लागि केके गर्नुपर्छ समिति तयार छ ।”

उनले बीमा बजारको अनुसन्धान, बीमा शिक्षाको व्यवस्था गर्न र बजार बढाउने व्यवस्था गर्न आग्रह गरे । उनले भने, “सहर केन्द्रित व्यवसायबाट बीमा क्षेत्रको उन्नति हुँदैन ।”

सगरमाथा इन्स्योरेन्स कम्पनीले आरोग्य स्वास्थ्य बिमालेख सार्जनिक गरेको हो । योजना वैशाख २ बाट बजारमा आउनेछ । यो योजनाबाट तीन प्रकारका जोखिम बहन गर्न सकिन्छ ।

बीमा समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले यो पोडक्टले बीमा बजारलाइ थप फराकिलो बनाउने जिकिर गरे । उनले अरुको जोखिम न्युनिकरण गर्दा आफ्नो जोखिम बहन गर्नेतर्फ पनि ध्यान दिन बीमा कम्पनीहरुलाई सजग गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्