Shikhar Insurance

हरियो बनेर वर्षलाई बिदा गर्‍यो नेप्सेले, २७१४ अंकको नयाँ रेकर्ड कायम

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । वि.सं. २०७७ लाई सेयर बजारले हरियो बनेर बिदा गरेको छ । वर्षको अन्तिम कारोबार अर्थात् मंगलबार नेप्से २३.२३ अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक २७ सय अंक पार गर्दै २७१४.७९ अंकको ऐतिहासिक बिन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्सेले नयाँ इतिहास कायम गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम वर्षको अन्तिम दिन पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । अघिल्लो दिन नेप्से २६९१।५५ अंकमा बन्द भएको थियो ।

आज कारोबार सुरु भएको केही मिनेमै नेप्सेले २७ सय अंक पार गरेको थियो । त्यसयता सामान्य रुपमा ओरालो लागेर परिसूचक पुनः बढ्न थालेर नयाँ बिन्दुमा पुगेको हो ।

मंगलबार बजारमा २ सय ९ कम्पनीका १ करोड ४६ लाख कित्ता सेयर ७ अबए १४ करोड रुपैयाँमा किनबेच भए ।

 

यस्तो रह्यो वर्षको अन्तिम कारोबारः

No description available.

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्