Shikhar Insurance

सगरमाथा आरोग्य स्वास्थ्य बीमालेख : एउटै बीमालेखले ३ जोखिम सुरक्षण गर्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमालेख’ बजारमा ल्याएको छ । कम्पनीले इन्नोभेटिभ उत्पादन ल्याउने क्रममा एउटै बीमालेखबाट तीन प्रकारका जोखिमको सुरक्षण गर्ने उत्पादन ल्याएको हो ।

कम्पनीका अनुसार दुर्घटना, औषधोपचार बीमा र घातक रोगको बीमा एउटैबाट गर्न मिल्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्रवण रावलका अनुसार व्यक्तिगत दुर्घटना बीमातर्फ ७ देखि १० लाख, स्वास्थ्य औषधोपचारतर्फ १ लाख देखि २ लाखसम्म र गम्भीर प्रकृतिका १८ रोगका लागि १ लाख देखि १० लाखसम्म जोखपम बहन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्