Shikhar Insurance

नयाँ वर्ष, नयाँ सुरूवात : यसरी थालियो विष्णुमती सरसफाइ अभियान

सिंहदरबार संवाददाता
२०७८ बैशाख १, बुधबार १४:१०
NIMB
Nabil Bank

काठमाडौं । नयाँ वर्ष २०७८ सँगै नयाँ पवित्र कार्यको थालनी भएको छ । शोभा भगवती मन्दिरबाट बिहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको हो ।

विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको सांसद जीवनराम श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार बिहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

सरसफाइ अभियानमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा १५ का अध्यक्ष ईश्वरमान डंगोललगायत स्थानीय जनप्रतिनिधि र बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेलसमेत उपस्थित थिए ।

जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागी भएर स्मरणयोग्य कामको थालनी गरेको बताए ।

“यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो,” श्रेष्ठले भने, “विष्णुमती खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।”

खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।

“मानव जीवनमा परिवर्तन ल्याउने हो भने, पहिले सोचमा नै परिवर्तन ल्याउनु पर्छ ।’, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, “नदीमा फोहोर फाल्ने पनि मानव नै हो र त्यही फोहोर सफा गर्ने पनि मानव नै हो । त्यसैले जवसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने छ ।”

विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै हो । विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्