भूमिका बिर्सँदै नियामक, छाडा बन्दै सूचिकृत कम्पनी, डुब्दैछन् सोझा लगानीकर्ता !

काठमाडौं । सेयर बजारले गति पाउँदै गर्दा र उत्साह थपिँदै गर्दा लगानीकर्ताले दुःख पाउने क्रम अझै हटेको छैन । नेपालको पुँजी बजारमा सूचीकृत कम्पनीसँगै नियामक निकायहरु पनि दायित्व निर्वाह गर्न नसक्दा सोझा लगानीकर्ता मर्कामा पर्ने गरेका छन् । बजारमा चल्ने गरेका हल्ला, गोप्य सूचनाको चुहावट, नियामकीय निर्देशनको अवज्ञा र कारबाही अभावले लाखौं सोझा लगानीकर्ता ठगिने क्रम चैत महिनाका केही घटना पुष्टि गर्छन् । नियामक निरिह बनेर हुन् वा उनीहरुको अकर्मन्यता, लगानीकर्ताको भाव नबुझी हुने कतिपय नीतिगत व्यवस्थाले सर्वसाधारणको करौडौं लगानी डुब्ने खतरा पैदा गर्छ । नेपालको सेयर बजारमा ‘लालीगुँरास सहकारीको सेयर चाहियो’ भन्ने लगानीकर्ता छन् । बजार ह्वारह्वार्ती बढ्दा किन्ने र घट्न थालेपछि आत्तिएर बेच्ने लगानीकर्ताको संख्या असंख्य छ । आधारभुत विषय मनन गर्ने र बजारको प्रकृति बुझेका लगानीकर्ताको संख्या नगन्य रहेको विज्ञहरुले विभिन्न मञ्चमा उल्लेख गरिरहेका छन् । यी दृष्तान्टले बजारमा साक्षरता अझै सम्म पनि नपुगेका प्रमाण दिन्छन् । नियामकहरु अर्कातर्फ साक्षरता बढाउन भन्दै सेयर कारोबारबाट शूल्क उठाउँछन् । त्यसरी उठाइएको रकम करोडौं भइसक्दा लगानीकर्ताको क्षमता र ज्ञान विकासमा खर्च हुन सकेको छैन । अर्कातर्फ नियामक आफैं दायित्व निर्वाह गर्न सबल, सक्षम र परिपक्व बन्न सकेको छैन । अहिले पुँजीबजारका अधिकांश कम्पनी वित्तीय क्षेत्रका संस्था हुन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक हो भने बीमा कम्पनीहरुको … Continue reading भूमिका बिर्सँदै नियामक, छाडा बन्दै सूचिकृत कम्पनी, डुब्दैछन् सोझा लगानीकर्ता !