Shikhar Insurance

एचआईडीसीएलको सीईओमा गौतम, १:१ हकप्रद छिट्टै

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार ११:५१
NIMB
Nabil Bank

काठमाडौं । अर्जुनकुमार गौतम हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका भएका छन् । छनोट समितिले संखुवासभा निवासी गौतमको नाम सिफिरिस गरेको हो ।

गौतमलाई योग्यता, प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सञ्चालक समिति समक्ष सिफारिस गरिएको हो । सञ्चालक समितिले छनोट समितिको सिफारिस अनुसार गौतमलाई नियुक्त गरेको छ । उनलाई १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

No description available.

 

एचआईडीसीएल एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयरले जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डसमक्ष पुगिसकेको छ । कम्पनीले चैत १२ गते बोर्डमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै आवेदन दिएको हो ।

बोर्ड स्रोतका अनुसार कम्पनीको हकप्रद स्वीकृत हुने क्रममा छ । केहीदिनभित्रै स्वीकृति दिइने तयारी भइरहेको उनले बताए ।

कम्पनीले हकप्रद निष्काशनका लागि केयर ए माइनस रेटिङ पाएको छ । ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ ।

बोर्डले अनुमति दिएको केही सातामै हकप्रद जारी गरिसक्ने योजना कम्पनीको छ ।

कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो । कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्