Shikhar Insurance

३० करोड राजस्व छली गर्ने २ कम्पनीविरूद्ध मुद्दा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्ने दुई कम्पनीविरूद्ध मुद्दा हालेको छ । विभागले न्यु राहुल मोबाइल सेन्टर र ब्याहुत ट्रेडर्स लाई ३० करोड २८ लाख २ हजार ५ सय ५३ रूपैयाँ विगो असुलको माग राखी अदालतमा मुद्दा हालेको हो ।

ती फर्महरुका कारोवार सञ्चालक/प्रोप्राईटर तथा बैंक खाता सञ्चालकहरुलाई जरिवाना र कैद मागदावी विभागले गरेको छ । यी मुद्दा उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंज र उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गरिएको हो ।
न्यु राहुल मोबाइलले १२ करोड ३५ लाख र ब्याहुत ट्रेडर्सले १७ करोड ९२ लाख रूपैयाँ राजस्व छली गरेको विभागको आरोप छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्