Shikhar Insurance

नयाँ वर्षको पहिलो कारोबारः सेयर बजारमा अर्को रेकर्ड, परिसूचक १७ सय ३५ को बिन्दुमा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारले उचाइ लिने क्रम बिहीबार पनि कायम रह्यो । वर्ष २०७८ को पहिलो दिन अर्थात् साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्ने क्रमले निरन्तरता पाउँदा नेप्से ‘अल टाइम हाइ’ बनेको हो ।

निरन्तर उकालो लाग्ने क्रममा बिहीबार नेप्से परिसूचक २०.६७ अंकले बढेको छ । नेप्से बढेर २७३५.४६ को बिन्दुमा पुग्दा बजारमा ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भए । यसक्रममा २ सय १८ कम्पनीका १ करोड ९० लाख कित्ता सेयर कारोबारमा आए ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो ११ कारोबार दिनमा नेप्से १० दिन बढेको छ । नेप्से बढेको दिन बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।

नेप्से बढेको दिन बुटवल फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

हेरौं, आजको कारोबार कस्तो रह्योः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्