Shikhar Insurance

चुच्चे नक्सा अभियान्तालाई बुच्चे नक्साको तक्मा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार १८:४८
NIMB
Nabil Bank

काठमाडौं । जसले आफ्नो जीवनको अधिकांश समय चुच्चे नक्साबारे आवाज उठायो उसैलाई सरकारले बुच्चे नक्सा भएको तक्मा भिराएको छ ।

नेपाल भारत सीमा विवादबारे निरन्तर आवाज उठाउँदै आएका सीमाविद् बुद्धिनारायणलाई सरकारले सुकीर्तिमय राष्ट्रदीप तृतीय पदकबाट विभूषित गरेको छ जुन पदकमा कुँदिएको नेपालको नक्सामा कालापानी लिम्पियाधुरा समावेश छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

सीमाविद् श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफूले पाएको बुच्चे नक्सासमेतको तस्बिर सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, “मलाई पनि विभूषित गरियो । पदक साथको अधिकारपत्रमा नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप विभूषित गरिएको उल्लेख छ ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्