Shikhar Insurance

रूरूको आईपीओ बाँडफाँड आजै, ४४ आवेदकमध्ये १ ले मात्र पाउँदै (यहाँ हेर्ने नतीजा)

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार ०७:५४
NIMB
Nabil Bank

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड शुक्रबार बिहान साढे ८ बजे हुँदैछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गतेसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात् ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख ६९ हजारभन्दा बढी आवेदकले २ करोड ३३ लाख ७७ हजार कित्ताका लागि आवेदन परेको थियो । माग भएको सेयर निष्कासन गरिएको भन्दा ६१.६ गुणा बढी हो ।

ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जनाले १० कित्ता पाउने छन् भने बाँकि ७ जनाले ११–११ कित्ता पाउने भएका छन् ।

यसरी कम्पनीको आईपीओ ४४ जनामध्ये १ जनाले पाउनेछन् ।

बाँडफाँड पछि आईपीओको नतीजा मेरोसेयर, मेरोसेयरको आईपीओ नतीजा हेर्ने पोर्टलएनएमबी क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्