Shikhar Insurance

कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट सफ्टवेयरको सुरूवात

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । नियो डिजिटल प्रालिले मार्केटिङमा सहयोग हुने गरी कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट सफ्टवेयर सञ्चालनमा ल्याएको छ । युवा सफ्टवेयर इन्जिनियरको सहभागितामा स्थापित कम्पनीले बनाएको लाइट ईसीआरएम नामको उक्त सफ्टवेयर सुरुवात यात्रा होलिडे नामक टुर्स एन्ड ट्राभल एजेन्सी कम्पनीबाट गरिएको छ ।

काठमाडौंमा एक समारोहबीच यात्रा होलिडेका प्रमुख कार्यकारी अधिकृत पदम कट्टेल र नियो डिजिटलका प्रमुख कार्यकारी अधिकृत सन्देश सत्यालले सम्झौतामा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सफ्टवेयर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, होटल, ट्राभल एजेन्सी, ब्रोकर कम्पनी, क्यापिटल मार्केट, होलसेलर, मिडिया कम्पनी सबैलाई उपयोगी हुने गरी बनाइएको छ । व्यक्तिगत वा संस्थागत कस्टुमर म्यानेजमेन्ट, मार्केटिङ कम्पनी म्यानेजमेन्ट, इन्क्वाइरी र सेटलमेन्ट म्यानेजमेन्ट, प्रोडक्ट र व्यवसाय डिल मानेजमेन्ट, सेल्स र मार्केटिङ विश्लेषण लगायत विक्रि प्रबर्द्धन सम्बन्धि कार्य यो सफ्टवेयरबाट गर्न सकिन्छ ।

नियो डिजिटल कै सफ्टवेयर इन्जिनियर रितेश भट्टराईले केही समय अघि अनलाईन सपिङ सम्बन्धी सफ्टवेयर बजारमा ल्याइसकेका छन् । सजिलो मेडसले यो सफ्टवेयर सञ्चालन गरिरहेको छ । यही कम्पनीको प्रयासमा निर्माण भएको जब पोर्टल सफ्टवेयर हायर मि नेपालले सञ्चालन गरिरहेको छ ।
नियो डिजिटलले ठुला उद्योग व्यवसायको लागि भनेर दुई वर्ष लगाएर बनाएको प्रोडक्सन म्यानेजमेन्ट सम्बन्धि सफ्टवेयर “कन्ट्रोल प्लस” स्लोभेनिया लगायत केही यूरोपियन देशमा र कोभिडको लागि बनाइएको टेम्पेरेचर ट्रयाकर सफ्टवेयर अमेरिकी कम्पनीले प्रयोग गरिरहेको छ ।

नेपालको सन्दर्भमा बीमा कम्पनीहरुको अभिकर्ताहरुले सजिलै चलाउन सक्ने सीआरएम सफ्टवेयर र मोबाइल एप्लिकेसन छिट्टै लन्च गर्ने तयारीमा छ । त्यसैगरी युवा समुदायलाई लक्षित गरी बनाइएको मोबाइल गेम ‘ब्रामो’ पनि परिक्षण अवधिमा रहेकोले छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्