Shikhar Insurance

तरलता अभावको संकेतः पाँच अर्ब २० करोड बजारमा पठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ बैशाख ५, आईतवार २१:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । बजारमा तरलता अभावका संकेतहरु देखापरेपछि केन्द्रिय बैंकले मौद्रिक उपकरणका रुपमा ट्रेजरी बिल मार्फत पैसा पठाउने गरेको छ ।

सूचना अनुसार २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य पुँजीको अभाव हुने संकेतहरु देखिन थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्